Home » » भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र

भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र

Written By Unknown on Sunday, December 11, 2016 | 4:08 AM

Advertisement

काठमाडौं, २६ मंसिर । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई पत्र आएको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ नेपालको नेतृत्वमा युवा विद्यार्थी संगठनहरुले भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै आइतबार दिउँसो मन्त्रालयमै पुगेर परराष्ट्रमन्त्री महतलाई ज्ञापनपत्र बुझाएका हुन् ।


भारतीय राजदूतलाई अन्तर्राष्ट्रिय कुटनीतिक अभ्यासअनुरुप अयोग्य कुटनीति करार गरी आफ्नो देश फिर्ता पठाउन पर्ने आफूहरुको माग रहेको युवा संघका अध्यक्ष राजीव पहारीले बताए ।‘भर्खरै सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा नेपाली जनता र राजनीतिक दलहरु बहस र आन्दोलनमा रहेको अवस्थामा केही राजनीतिक दलहरु (मधेसवादी दल)लाई भारतीय दूतावासमा बोलाएर के कुरा मान्ने र के कुरा नमान्ने भनी निर्देशित गर्नु र राजदूत रेले नेपालको राजनीतिक धुव्रीकरणबारे कुनै एक पक्षलाई काखी च्यापेर अभिव्यक्ति दिंदै हिड्नु पूर्णतः गैरकुटनीतिक हो । यो नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप हो,’ पहारीले भने- ‘यसकारण नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हस्तक्षेप गर्ने र कुटनीतिक मर्यादाभन्दा बाहिर काम गर्ने भारतीय राजदूतलाई तुरुन्त फिर्ता पठाउनुपर्छ भनेर मन्त्रीज्यूको ध्यानाकर्षण गरायौं ।


Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.