Home » » नेपाली सेना गाउँगाउँमा स्वास्थ्य शिविर संचालन गर्दै

नेपाली सेना गाउँगाउँमा स्वास्थ्य शिविर संचालन गर्दै

Written By Unknown on Saturday, December 3, 2016 | 8:08 PM

Advertisement


 

बागलुङ —सदरमुकाम देखी पश्चिम क्षेत्रमा रहेको जिल्लाको विकट गाविसको रुपमा परिचित बोबाङ गाविसका स्थानीय स्वास्थ्य सेवा पहुँचमा पुग्न नसको ठाउँमा नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गरेको छ । मुलुकको एक मात्र शिकास आरक्ष ढोरपाटन शिकार आरक्षको आसपास र तल्लो बोबाङमा छ÷छ महिना घुम्ती बसाई गर्ने उनिहरुको स्वास्थ्य अवस्था नाजुक रहेको पाईएको 

बागलुङमा रहेको नेपाली सेनाको अर्जुनवाण गणले आयोजना गरेको स्वास्थ्य शिवीरका क्रममा स्थानीयहरु सामान्य रोग देखी दिद्र्द रोगहरु समेत लुकाएर बसेको पाइएको छ ।
जाडो छल्न ढोरपाटनबाट बोबाङका तल्ला गाँउमा झरेका स्थानीयहरुलाई मध्यनजर गर्दैै आयोवजीत शिवरीमा बिभीन्न रोगका ३ सय ८० जना विरामी तथा रोगीहरुको उपचार गरिएको थियो । शिवीरमा बालबालीका,वृद्ववृद्वा तथा स्त्री रोग,आँखा,दाँतासँग सम्बँँन्धीत रोगको उपचार गरिएको थियो ।
बालबालीकामा कान पाक्ने,घाउखडीरा लगाएतका समस्या देखीएको स्वास्थ्य परीक्षण टोलीले जनाएको छ । विषेशगरी महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखीएको छ । शिवीरमा जाँच गरिएका अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतोपानि बग्ने लगाएतका समस्या देखीएको शिवीरमा सहभागि धौलागिरी अञ्चल अस्पतालका डाक्टर प्रविण पाण्डेले बताए
स्वास्थ्य सरसफाइ सम्बन्धी ज्ञानको अभाव ,उच्च जन्मदर ,असुरक्षीत यौन क्रियाकलापको कारण महिलाहरुमा धेरै समस्या देखीएको डाक्टर पाण्डेले बताए यस्तै वृद्ववृद्वाहरुमा धम,खोकी तथा आँखामा मोतीया बिन्दुको समस्या देखीएको छ ।
अस्वस्थ्यकर आहारविहार तथा घरायशि उपचारमा मात्र केन्द्रीहुँदा वृद्ववृद्वाहरुमा बढि समस्या दखीएको नेपाली सेना न २३ फिएका डाक्टर राहुल जंग रायमाझिले बताए । विद्यर्थि उमेरमा दुर्लध मानिने मोतीयबिन्दु समेत स्थानीय एक विद्यार्थीमा भेटीएको शिवीरमा सहभागि स्वास्थ्यकर्मिले बताए ।
शिविरमा २१ जना मोतीयाबिन्दुको अप्रेशन गर्नुपर्ने बिरामी भेटीएको बताईएको छ ।
शिवीरमा प्रयोगशालामा सम्बन्धी सम्पुर्ण सेवा तथा जाँच गरिएको सबै बिरामीलाई आवश्यक सम्पुर्ण औषधि निशुल्क वितरण गरिएको थियो । बृर्तीबाङ,सदरमुकाम तथा बाहिर जानुपर्ने बिरामीहरुले गाँउमै सबै खाले स्वास्थ्य सेवा पाएपछि खुशि व्यतm गरेका थिए । बाहिर जाँदा धेरै खर्च समयको बर्बादी तथा वृद्ववृद्वाहरु जान नसक्ने अवस्थामागाँउमै सेवा पाउँदा आँफुहरुको पक्षमा पनि प्रशासनिक निकाय रहेछन् भन्ने लागेको स्थानीयको भनाइ छ ।
सदरमुकामबाट टाढा सँगै स्वास्थ्य सेवाबाट बञ्चीत स्थानीयहरुलाई राहात पुृ¥याउनका लागि शिवीर आयोजना गरिएको अर्जुन वाण गणका गणपति कर्नेल अच्युतम भण्डारीले बताए ।
#nawasandesh

Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.