Home » » तेह्रथुममा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २३ भन्दा बढी यात्रु घाइते

तेह्रथुममा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २३ भन्दा बढी यात्रु घाइते

Written By Unknown on Sunday, December 11, 2016 | 3:16 AM

Advertisement

पाँचथर, २६ मङ्सिर – तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मि तल खसेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरिरहेका छन् । रासस




Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.