Home » » नेपालको पहिलो सिनेमा घर कसरी सखाफ भयो ? पढ्नुस मनै छुने सत्य विवरण

नेपालको पहिलो सिनेमा घर कसरी सखाफ भयो ? पढ्नुस मनै छुने सत्य विवरण

Written By Unknown on Saturday, December 10, 2016 | 7:14 AM

Advertisement

हाल नया सडकको बिशालबजार भएको स्थानमा पहिले जनसेवा नामको सिनेमा हल थियो । पहिले सरकारी स्वामित्वमा रहेको रहेको सो हल दरबारका सचिव दयारामभक्त माथेमाले श्री ५ त्रिभुवनबाट १०० बर्षका लागि लिजमा पाएका रहेछन् । राजधानीको मुटुमा रहेको त्यो सरकारी सम्पत्ति दयारामले पाएकोमा उनका जोरीपारी र सामान्य जनतालाई पनि मन परेको रहेनछ । तत्कालीन गद्दीनसिन राजा महेन्द्रलाई मन परेको थियो वा थिएन भन्ने यकिन जानकारी थिएन तर पनि बाबुले दिएको कुरा अकारण छोरा राजाले खोस्ने कुरा पनि थिएन ।

दयारामको स्वामित्व कायम थियो । प्रस्तुत घटना हुनेबेला राजा महेन्द्रको सवारी देशबाहिर थियो । यहाँ जनसेवा सिनेमाका म्यानेजर एवं दयारामका भान्जाले सडकमा हिँडिरहेको भरियालाई बाटो छोडेन भनी कुटेछन् । त्यसै निहुँमा नगरवासी हुल उठेर सिनेमा हलमा आगो लगाइदिएछन् ।

जानकारहरु भन्दछन, आगो लगाउने काम पनि बडो आरामसाथ भएको थियो रे । मट्टीतेल किनेको, बोकेर ल्याएको, सबैतिर छर्केको, आगो सल्काएको, अनि सिनेमा हलका चल सम्पत्ति सबै नै टोलवासीहरूले हारालुछ गरेर लगेको, आगो दन्केको र सखाप भएको यावत कुरा रमितेहरूले देखेका रहेछन् । जनसेवा सिनेमाभन्दा २० मिटर दूरीको दमकल र नजिकैको प्रहरी कार्यालयले देखेको नदेख्यै गरेछन् । १ किलोमिटरभित्रको दूरीमा कार्यालय हुने अञ्चलाधीशले पनि सुनेको नसुन्यै गरेछन् । कुनै मन्त्री वा सार्वजनिक व्यक्तिले यो कुरा बुझ्दै बुझेनन् । कार्यालयबाट सय मिटरभित्र भएको यो घटनाको समाचार गोरखापत्रमा पनि छापिएन छ ।

सो समयमा हल्ला पनि चलेको रहेछ कि श्री ५ महेन्द्रबाट यो घटना गराइएको थियो भनेर ।

साभार- तस्बीरमा नेपाल नामक फेसबुक पेज

Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.