Home » » बार्सिलोनामा बिबरको सम्मोहन

बार्सिलोनामा बिबरको सम्मोहन

Written By Unknown on Tuesday, November 22, 2016 | 9:08 AM

Advertisement

मंसिर ७, २०७३- क्यानडेली पप गायक जस्टिन बिबर स्पेनी विजेताको ट्रेनिङ मैदान आइपुग्दा सोमबार बार्सिलोनाका नक्षत्रीय खेलाडीत्रय समेत सम्मोहित भए । विवरले कन्सर्ट दिन मंगलबार बार्सिलोना आएका हुन् । सोही क्रममा बार्काका त्रिमूर्ति लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले पनि उनीसँग तस्बिर खिचाए ।

२२ वर्षीय गायकले ट्ेरनिङ मैदानमा नेयमार र राफिन्हासँग घुम्दै आफ्ना केही फुटबल सीप पनि देखाए । ‘यो डिफेन्डरलाई छलाउन असम्भव छ.....एट जस्टिन बिबर,’ भन्दै नेयमारले टविटरमा पोस्ट गरे । टविटरमा नेयमारका २ करोड ६० लाख फलोअर छन् ।

बिबरले बुधबार कन्सर्ट दिँदैछन् । उनका प्रशंशकहरूले एक महिनायता लाममै बसेर कन्सर्टको टिकट किनेका छन् । युवा संगीतप्रेमीका धडकन बनेका बिबरले फेसबुकमा ७ करोड ७० लाख लाइक पाएका छन् जुन ५ पल्टका विश्व वर्ष खेलाडी मेस्सीभन्दा १ करोड कम हो ।

Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.