Home » » अमेरिकामा बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु, २३ जना घाइते

अमेरिकामा बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु, २३ जना घाइते

Written By Unknown on Tuesday, November 22, 2016 | 9:23 AM

Advertisement

वासिङटन- अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन्।

एउटा रूखमा ठोक्किएर सोमबार बस दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। मृतकमध्ये पाँच बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बसमा ‘किन्नर गार्टेन’का ३५ जना बालबालिका रहेका थिए।

टेन्नेस्सीमा हालसालै भएको यो दोस्रो दुर्घटना हो। गत शुक्रबार बिहान भएको अर्को विद्यालय बस दुर्घटनामा करिब दुई दर्जन बालबालिका घाइते भएका थिए । रासस

Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.