Home » » अमेरिकाले यूरोप जाने आफ्ना नागरिकलाई सचेत गरायो

अमेरिकाले यूरोप जाने आफ्ना नागरिकलाई सचेत गरायो

Written By Unknown on Tuesday, November 22, 2016 | 9:20 AM

Advertisement

मंसिर ७, २०७३- अमेरिकी विदेश विभागले बिदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतंकवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तीमा अमेरिकी नागरिकले ‘बिदामा यूरोपमा हुने उत्सव, कार्यक्रम तथा बाहिरी बजारमा जाँदा सतर्कता अपनाउन’ भनिएको छ ।

विभागले यो सतर्कताका लागि सूचना फेब्रुवरी २० सम्मलाई मध्यनजर गरी जारी गरेको हो । विज्ञप्तीमा अतिवादी समूहबाट यूरोपमा आक्रमण जारी राखेको । अमेरिका तथा यूरोप वर्षको अन्त्य तथा नयाँ वर्षको सुरुवातमा दिइने लामो बिदा बिताउन विदेश यात्रामा निस्कनेलाई मध्यनजर गर्दै विदेश विभागले सूचना जारी गरेको हो ।

सूचनामा कसले र कस्तो किसिमका आक्रमण हुन सक्ने सम्भावना छन् भन्ने विस्तारमा बताइएको छैन । २०१५ को जनवरीपछि एक पछि अर्को आक्रमणमा फ्रान्स र बेल्जियममा २ सय ५० मानिसको मृत्यु थियो । घटनाको अतिवादी इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।

Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.